Read Mero Nepal: Shanti Ra Samriddhiko Marg Ma by Pradeep Dhakal Online

mero-nepal-shanti-ra-samriddhiko-marg-ma

राजनीति सबै नीतिको शरेषठ हो । मानवीयता भएको, मानवीय उचच चेतना जागेको, गुणी, सदाचारी वयकति नै राजनीतिजञ हुन सकदछ । राजनीति गरने मानिस आचरणमा शुदध, वयवहारमा शुदध, विचारमा शुदध र मानवीय भावनाले ओतपरोत हुनुपरदछ । तर अहिलेको राजनीतिका सञचालकमा यी गुणहरू देखिएका छैनन । तयही कारणले गरदा पनि यो नीति शरेषठ रहन सकेन र मानव समाजले अपेकषित गति लिन सकेको छैन । राजनीति कसतो हुने भनने कुराजनीति सबै नीतिको श्रेष्ठ हो । मानवीयता भएको, मानवीय उच्च चेतना जागेको, गुणी, सदाचारी व्यक्ति नै राजनीतिज्ञ हुन सक्दछ । राजनीति गर्ने मानिस आचरणमा शुद्ध, व्यवहारमा शुद्ध, विचारमा शुद्ध र मानवीय भावनाले ओतप्रोत हुनुपर्दछ । तर अहिलेको राजनीतिका सञ्चालकमा यी गुणहरू देखिएका छैनन् । त्यही कारणले गर्दा पनि यो नीति श्रेष्ठ रहन सकेन र मानव समाजले अपेक्षित गति लिन सकेको छैन । राजनीति कस्तो हुने भन्ने कुरालाई त्यसमा रहेका व्यक्तिहरूको चरित्र र क्षमतामा निर्भर गर्दछ । चाणक्यले त्यही राजनीति पाए, प्लेटोले पनि राजनीतिलाई देखे, फेरि राजनीति नेपोलियनले पाए, हिटलरका हातमा समेत राजनीति पुग्यो । अनि त्यही राजनीति माओले पाए, गान्धीले पाए । अर्थात् राजनीतिका सञ्चालकमा राजनीतिको स्वरूप देखा पर्दछ । राजनीति स्वयममा कस्तो हुने भन्ने कुरालाई यसका मार्गमा हिँड्ने नेताहरूको चरित्रले पनि निर्धारण गर्दछ । हाम्रो देशले सच्चा राजनीति पाएको त सदियौँ भइसकेछ । नीति र व्यवहारमा फरक गर्ने राजनैतिक परिपाटिलाई हाम्रो देशले धेरै शताब्दीदेखि झेलिरहेको छ । वर्तमान समय पनि त्यही अव्यवस्था र अराजकताको प्रतिविम्ब मात्र बनेको छ । वर्तमान राजनैतिक धाराले देशलाई उन्नतितिर होइन कि यसले त यहाँको समाजमा रहिरहेको मानवता, भाइचारा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुताजस्ता भइरहेका सम्पत्तिलाई पनि विनाश गरेर झनै अमानवीयता र अवनतितिर लगिरहेको छ । यद्यपि हाम्रो देशमा पूर्वीय दर्शनले देखाएको मानवताको मार्ग छ । बुद्ध र अनेकौँ ऋषिमहर्षिहरूले पत्ता लगाएको शान्तिको दर्शन छ । हाम्रो देशमा एक प्रकारको विशेष सामाजिक शक्ति छ जसले हाम्रो देशलाई शान्ति र समुन्नतिका मार्गमा लम्काउन सक्दछ । यही कुरालाई मनन् गरेर पूर्वीय दर्शनमा विद्यावारिधि गरेका लेखक डा. प्रदीप ढकालले ‘मेरो नेपाल’ नामक यो कृति तयार गर्नु भएको छ । ‘मेरो नेपाल’ हरेक नेपालीको हृदयको धड्कन हो । हाम्रो प्यारो देश नेपाल हरेक नेपालीका हृदयमा ‘मेरो नेपाल’ बनेर रहेको छ । त्यही देशलाई समृद्ध र सम्पन्न बनाउनका लागि हामीमा अन्तरनिहीत शक्तिलाई पहिचान गर्दै त्यसको उजागर गरी नयाँ अवधारणा, नयाँ सोचबाट चेतनशील वर्ग र युवापुस्ता अगाडि बढ्नुपर्ने आवश्यकता यहाँ औँल्याइएको छ । डा. ढकालको यस गहन कृति प्रकाशन गर्न पाउँदा हामी आफूलाई गौरवान्वित ठानिरहेका छौँ । आशा छ यसमा देखाइएको मार्गमा देश लम्किएमा हामीले आफ्नो गौरवपूर्ण मानवीय चेतनाको अवस्थालाई पुनः प्राप्त गर्न सक्दछौँ ।...

Title : Mero Nepal: Shanti Ra Samriddhiko Marg Ma
Author :
Rating :
ISBN : 9789937251327
Format Type : Paperback
Number of Pages : 203 Pages
Status : Available For Download
Last checked : 21 Minutes ago!

Mero Nepal: Shanti Ra Samriddhiko Marg Ma Reviews